शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले(राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर  निर्वाचित भएका हुन् ।

सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।