शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भियाना होटलबाट साढे १३ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

भियाना होटलबाट साढे १३ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

 

काठमाडौं । काठमाडौंको ठमेलस्थित होटल भियानाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले जुवा खालबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ ।

प्रहरीका अनुसार जुवाडेले कोठा बुक गरेर जुवा खेलिरहेका थिए ।

पक्राउ पर्नेमा काठमाडौंको जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे, काभ्रेका ४४ वर्षीय हरिबोल खनाल, २८ वर्षीय किशोर अधिकारी, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शंकर शाही र ३० वर्षीय राजु पन्त तथा चितवनका ४१ वर्षीय दीपक गुरुङ रहेका छन् ।

यस्तै रुपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङ पनि पक्राउ परेका छन्।