शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

अन्नपूर्ण होटलको क्यासिनोबाट झन्डै १ करोड रकमसहित ३ जना पक्राउ

अन्नपूर्ण होटलको क्यासिनोबाट झन्डै १ करोड रकमसहित ३ जना पक्राउ

 

काठमाडौं । अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ । उनीहरू अनलाइन जुवा खुलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन । यही प्रकरणमा अरु पनि पक्राउ पर्ने सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।