आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

यती एयरलाइन्सले ल्यायो २  ‘एटिआर ७२’ विमान

यती एयरलाइन्सले ल्यायो २  ‘एटिआर ७२’ विमान

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर ७२ ५००’ विमान भित्र्याएको छ ।
दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन्।

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ ।
आज थपिएका दुई जहाजको क्रमशः ‘९एन एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।