शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

माओवादी केन्द्रीय समिति बैठक जारी

माओवादी केन्द्रीय समिति बैठक जारी

 

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरू हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ मा विशेष समीक्षा गर्ने कार्यसूची छ । त्यस्तै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

४०९ सदस्यीय माओवादी केन्द्रीय कमिटीमा १९० वैकल्पिक केन्द्रीय सदस्य छन् । सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारी पनि बैठकमा सहभागी छन् । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ ।