शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कपिलवस्तुमा बस दुर्घटना: १० जनाको मृत्यु

कपिलवस्तुमा बस दुर्घटना: १० जनाको मृत्यु

रुपन्देही । कपिलवस्तुको सुरईनाका खोलामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राति २ बजेतिर भएको दुर्घटनामा परेर ३० यात्रु घााइते भएका छन ।

दुर्घटनाका घाइते भएकाहरू मध्ये सामान्य केहीको कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य केहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको बस महेन्द्रनगरबाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुको सुरईनाकामा दुर्घटनामा परेको हो ।

सुनाैलाे यातायात प्रालिको उक्त बस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको छ ।