बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

जनकपुर पुगेर विष्णु पौडेलले भने– गठबन्धन कुनै बेला पनि टुट्न सक्छ

जनकपुर पुगेर विष्णु पौडेलले भने– गठबन्धन कुनै बेला पनि टुट्न सक्छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग उनले आफै भित्रका समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला पनि टुट्न र फुट्न सक्ने बताए । गठबन्धनभित्रको तमासा देखिरहेको तर त्यसमा चासो नराखेको उनले बताए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘के को काँध थाप्नु रु काँध थाप्नेरनथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन टुट्नुपर्छ । त्यसपछि हेरौँ न ।’