बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

 

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको छैन ।

नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सारेको छ । तामाङ नुवाकोट१ बाट निर्वाचित सांसद हुन् ।

रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बनेका छन् । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए ।