बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

मन्त्रालय बाँडफाँट सरकारमा सहभागी हुने दलहरुको टुंगो लागेपछि मात्र

मन्त्रालय बाँडफाँट सरकारमा सहभागी हुने दलहरुको टुंगो लागेपछि मात्र

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने दलहरुको टुंगो लागेपछि मात्र मन्त्रालयहरुको बाँडफाँट हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले नेकपा एस,लोसपालगायत अन्य दलहरु को को सरकारमा सहभागी हुन आउँछन्,त्यसपछि मन्त्रालयहरुको बाँडफाँट हुने बताए ।

संसदको दोस्रो ठूलो दल नेकपा एमाले,तेस्रो दल माओवादी केन्द्र र चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व सरकारमा भइसकेको छ । पाँचौ ठूलो दल जसपाले मन्त्री नपठाए पनि शीर्ष नेताबीचको चार बुँदै सम्झौतामा हस्ताक्षर गरेर सत्ता गठबन्धनमा सामेल भइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी छ ।तर लोसपाले भारतको सिग्नल नपाई सरकारमा सहभागिता नजनाउने नेताहरु बताउँछन् ।

सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पनि सरकारमा सहभागी हुने पक्षमा छन् । दुवैले क्रमशः मधेश र सुदूरपश्चिमको मुख्यमन्त्री दावी गरेका छन् ।

रास्वपाले गृहसहित ४ मन्त्रालय दावी गरेको छ । त्यस्तै जसपाले मधेशको मुख्यमन्त्री कायम राख्दै ३ मन्त्रालयमा दावी गरेको छ । २३ वटा मन्त्रालयमध्ये माओवादीले ५ वटा मन्त्रालयमा दावी गरेको छ ।