बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

मधेशवादी दलसँग देउवाको छलफल

मधेशवादी दलसँग देउवाको छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा छन् ।

बैठकमा कांग्रेसका डा शेखर कोइराला र गगन थापा पनि सहभागी छन् । तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए ।