बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सिरहामा धारिलो हतियार र सिलौटा हानेर महिलाको हत्या

सिरहामा धारिलो हतियार र सिलौटा हानेर महिलाको हत्या

 

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–६ स्थित डेरामा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ । स्थानीय ३५ वर्षीया अनिताकुमारी साहको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको हो । उनको गर्दनमा धारिलो हतियार र टाउकोमा सिलौटा प्रहार भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

मृतक अनिताका श्रीमान महेन्द्र शुक्रबार राति नै अचेत अवस्थामा घरबाट बाहिरिएका थिए । उनलाई स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएपछि हत्या बाहिरिएको बताइएको छ । उनलाई प्रहरीले निगरानीमा राखेको छ ।

साह दम्पतीले सिकिन्द्र साहको घर भाडामा लिएर एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको थियो । पछिल्लो समय उनीहरुबीच विवाद चल्दै आएको बेला घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले श्रीमानश्रीमतीबीच विवाद चलिरहेको भन्ने कुरा आएको तर हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान गरिरहेको बताए । सिरहा प्रहरीले धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरहेको छ ।