बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

हामी गठबन्धनलाई निरन्तरता दिने पक्षमा थियौं, प्रचण्डको आसय नै गलतः कांग्रेस

हामी गठबन्धनलाई निरन्तरता दिने पक्षमा थियौं, प्रचण्डको आसय नै गलतः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरेर प्रचण्डले राजनीतिक बेइमानी गरेको बताए ।

उनले भने, ‘महासमिति बैठकमा आएका धारणा, दस्तावेजमा उल्लेखित विषय, कोशीका कुरा उल्लेख गर्नुभएको छ । उहाँले म त एभ्रेज उपलब्धिबाट सन्तुष्ट छैन । धेरै उपलब्धि हासिल गर्थे भन्ने उहाँको कुरामा कुनै आधार छैन । उहाँले जे गर्नुभयो, सोचीसम्झी निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको यो प्रवृत्तिजन्य निर्णय र कुनै आसयबाट भएको छ भन्ने कुरामा अब दुई मत रहेन ।’

महासमिति बैठकले गठबन्धनलाई सुदृढताका साथ अघि बढाउने निर्णय गरेको भए पनि प्रचण्डले राजनीतिक बेइमानी गरेको प्रवक्ता महतले आरोप लगाए ।

बैठकमा उठेका विषय महत्वपूर्ण नहुने भएकाले गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरु रहे पनि सफल नभएको उनको भनाइ छ ।