बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कपनबाट हराएकी किशोरीको शव भेटियो

कपनबाट हराएकी किशोरीको शव भेटियो

 

काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।’

थेवेका अनुसार  प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने देखिएको छ ।  थप अनुसन्धान  भइरहेको उनले बताए ।

सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भएकी उनी बालुवाखानी, कपनमा बस्ने  गर्थिन्। उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । आफन्तले  उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका  थिए ।