बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा सुन काण्डमा मुछिए, अन्य को–को प्रहरी मुछिए ?

नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा सुन काण्डमा मुछिए, अन्य को–को प्रहरी मुछिए ?

काठमाडौं । सुन काण्डमा मुछिएपछि नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा तानिएका छन् । सुनकाण्डाको अनुसन्धानमा आरोपीलाई उन्मुक्ति दिन खोजेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन एसपी थापा तानिएका हुन् । उनलाई कारबाही गर्न आयोगले सिफारिस गरेको थियो ।

यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीमा कार्यरत डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई पनि हेडक्वार्टर तानिएको छ ।

उनीहरुलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ । दुवै जना हाल सीआईबीमा कार्यरत थिए ।