बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छः देउवा

कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छः देउवा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा देउवाले अहिले कांग्रेस देशको ठूलो पार्टी भएको भन्दै अब बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।

समावेशी समानुपातिक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज नभएको उनको भनाइ छ । सभापति देउवाले अहिलेको संविधानले महिलालगायत सवै समुदायलाई समान अधिकार दिएकाले संसारका संविधानमध्ये उत्कृष्ट संविधान रहेको जिकिर गरे । कांग्रेस पूर्णरूपमा समावेशी पार्टी रहेको उनको जिकिर छ ।

कार्यक्रममा नेपाली महिला आन्दोलनमा महिला सशक्तिकरण, राजनैतिक चेतना एवं सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्‍याउने महिलालाई सम्मान गरिएको थियो ।