शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

५ अर्ब रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै कोटिभिटीविरुद्ध कर छलीको मुद्दा दर्ता

५ अर्ब रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै कोटिभिटीविरुद्ध कर छलीको मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै सबैभन्दा धेरै सवा पाँच अर्बभन्दा बढी विगो दाबीसहित कोटीभिटी नेपाल प्रालिविरुद्ध राजश्व छली गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उक्त कम्पनीविरुद्ध पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार तीन सय २१ रुपैयाँ बराबरको बिगो जरिवाना मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले अनुसन्धान गर्दा भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रालिको नाममा शेयर धनी दर्ता किताबमा डिटु हकाई, इंक, भेरिस्क हेल्थ इंक उल्लेख भएको र भर्सेन्ड टेक्नोलोजिज्को नाममा शेयर धनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएकोले कोटभिटी नेपाल प्रालि उल्लेखित भन्दै कोटीभिटीले राजश्व चुहावट ऐन, २०५२ को दफा ४ अनुसार अदालतमा पाटनमा मुद्दा दायर गरेको हो ।

छानबिन गर्दा यी कम्पनीको विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भए पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानून बमोजिम तिर्नु बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको विभागका महानिर्देशक नवराज ढुंगानाले नेपाल प्रेससँग बताए ।

एउटै व्यावसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदावी गरी अभियोग दायर गरेको यो पहिलो पटक भएको महानिर्देशक ढुङ्गानाको भनाई छ ।