बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ, जो १५ वर्षदेखि  ‘फरार’ थिए

माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ, जो १५ वर्षदेखि  ‘फरार’ थिए

 

काठमाडौं । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको बताए ।

उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् ।