बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिएर राजीनामा दिने

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिएर राजीनामा दिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आज बुधबार विश्वासको मत लिँदै छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले आज ३ बजेको बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत लिने जानकारी दिए ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।

संसदीय दलमा विश्वासको मत लिने छलफल भएको छ परियारले भने,‘नेतृत्वहरुकोबीचमा बसाइँ भइरहेको छ । नेतृत्वले के सहमति गर्नुहुन्छ । संसदीय दललाई जानकारी गराउनु हुन्छ । त्यहीँ अनुसार अगाडि बढ्छौ ।’

यस्तै, नेकपा एमालेले केन्द्रमा भएको निर्णय कर्णालीमा पनि लागू गर्नुपर्ने बताउँदै आएको छ ।