गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया