बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

इलाममा सुहाङको घरदैलो तीव्र

इलाममा सुहाङको घरदैलो तीव्र

 

विराटनगर । आसन्न वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका लागि एमाले माओवादी गठबन्धनका उम्मेदवार सुहाङ नेम्बाङले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

निर्वाचन लक्षित कार्यक्रमका अन्तरगत अहिले पार्टी कमिटीहरूको विस्तारित बैठक,भेला तथा पार्टीका टोल कमिटीको गठन र पुनर्गठन भइरहेको छ । निर्वाचनलाई ध्यानमा राखेर स साना सभा तथा चोक सभाहरू भइरहेको एमाले इलामले जनाएको छ ।

६ वटा पालिकाका २४ वटा वडा रहेको इलाम क्षेत्र नम्बर २ को फाकफोकथुंग, मांसेबुंग, चुलाचुली र इलाम नगरपालिका लगायतका पालिकामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको एमाले केन्द्रीय सदस्य राम रानाले बताए ।

पार्टीले आयोजना गरेको कमिटीका कार्यक्रम भेला र सभाबाहेक मतदाताहरूसँग भेट्ने उनीहरूको कुरा सुन्ने र आफ्ना एजेन्डाहरू मतदातालाई सुनाउने काम समेत भइरहेको छ ।

मतदाता समक्ष घरदैलो गर्दै पुगेका एमाले माओवादी गठबन्धनका उम्मेदवार सुहाङले आफ्ना योजनाहरू सुनाउने गरेका छन् । यस्तै मतदाताको सुझावसमेत लिने गरेका छन् । यो अभियान सबै पालिका र वडामा सम्पन्न भएपछि फरक खाले चुनावी कार्यक्रम तय हुने रानाले बताए ।