बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

अब मलाई प्रधानमन्त्रीको रूची छैनः ओली

अब मलाई प्रधानमन्त्रीको रूची छैनः ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने रुची नभएको बताएका छन्। एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देश ओरालो लागिरहेको बेलामा प्रधानमन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने बताए।

उनले भने–नयाँ समीकरणमा प्रधानमन्त्रीको कुरा चलेको छ, त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुची नभएको अहिलेको समीकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होइन, प्रधानमन्त्रीको पद धेरै महत्वपूर्ण पनि हो। त्यसैभित्रबाट नेतृत्व गरिन्छ।

तर, यतिबेला देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौं भने प्रधानमन्त्री नभएरै पनि ओरालो लाग्ने क्रमलाई रोक्ने बाटोतिर जाँदैनौं भने राम्रो हुँदैन।