सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवैको दाबी अस्वीकृत
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नाउपाका दुई जनाकै दाबी अस्वीकृत भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले नाउपकै दुई जनाको दाबी परेको हुँदा निष्कर्षमा पुग्न नसकेको भन्दै दुई जनाकै दाबी अस्वीकृत गरेको जनाएका छन् ।
उनले संविधानको धारा १६८को २ बमोजिम ६ गते साझ ५ बजे सम्म दाबी पेश गर्न आह्वान गरिएको छ ।
२ गते नाउपाका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरेका थिए ।
प्रतिक्रिया