शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्य राम बहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद गरेको हो ।

विशेष अदालतले उनको स्वास्थ्यस्थिती, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको हो ।

विशेष अदालतले उनलाई १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर अर्थात २५ करोड ६९ लाख जरिवाना हुने फैसला गरेको छ ।