आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

जापान पठाइदिने भन्दै २ सयभन्दा बढीबाट करिब ३ करोड ठगी

जापान पठाइदिने भन्दै २ सयभन्दा बढीबाट करिब ३ करोड ठगी

काठमाडौं । अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौरादहका हुन् ।

उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरीले जनाएको छ । नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए ।

उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएका थिए । पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

नागरिकता धनी पठाओ चालक हुन् । उनले आफ्नो नागरिकता १५र१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका छन् ।