आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

 

रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहनगरपालिका–९ को कालिकानगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो ।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।