आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

विभिन्न देशका मुद्रासहित ठमेलबाट चिनियाँ होटल सञ्चालक पक्राउ

विभिन्न देशका मुद्रासहित ठमेलबाट चिनियाँ होटल सञ्चालक पक्राउ

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ६ देशका मुद्रासहित ठमेलबाट चिनियाँ होटल सञ्चालक पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जियाङ सु होटल एन्ड रेस्टुरेन्टका सञ्चालक चिनियाँ नागरिक ४५ वर्षीय याओ लियाङलिन रहेका छन्।

सीआईबीका अनुसार लियाङलिनको साथबाट नेपाली रुपैयाँ ३७ लाख ८१ हजार ३ सय ५०, १२ हजार भारतीय रुपैयाँ, २ हजार थाई भाट, ५ सय ३० अमेरिकी डलर, ३ सय युरो र ३२ हजार ७० चिनियाँ युआन बरामद भएको छ।

प्रहरीले ठमेलकै होटल छेङ्दुबाट महोत्तरीको गौशालाका दीपेन्द्र श्रेष्ठ ९ लाख रुपैयाँ नगदसहित पक्राउ परेको जनाएको छ।