आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम । जनकपुरधामबाट सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

लुटमा संलग्न देखिएको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो । उनीहरूबाट केही रकम प्रहरीले बरामद समेत गरेको जनाएको छ ।

वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए । प्रहरीले पक्राउ परेका दुवै जनालाई केही बेरमा सार्वजनिक गर्ने जनाएको छ ।