मधेश सरकारबाट माओवादी केन्द्रपछि एमाले पनि बाहिरियो
जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिएको छ ।
एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया