मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित  ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, पौडेलविरुद्ध अख्तियारको तेस्रो मुद्दा

मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित  ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, पौडेलविरुद्ध अख्तियारको तेस्रो मुद्दा

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विकलमाथि यसअघि २ वटा मुद्दा दायर भइसकेको छ ।
सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नविनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे तथा म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको सीईओ अकबर हुसेनलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रूपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अमेरिकाको पीआर लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध केही साताअघि मात्रै दोस्रो मुद्दा दायर भएको थियो । आइतबारमात्रै अख्तियारको हिरासतमा रहेका पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएका पौडेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।