मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

उच्च अदालतबाट सफाई पाएपछि क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

उच्च अदालतबाट सफाई पाएपछि क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।
निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएकाले अन्तर्राष्ट्रिय र घरेलु सबै प्रकारको क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराएका छन् ।