मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

बुद्ध जयन्तीको अवसरमा ललितपुरमा कोन्ज्योसोम प्रतिमा उदघाटन

बुद्ध जयन्तीको अवसरमा ललितपुरमा कोन्ज्योसोम प्रतिमा उदघाटन

ललितपुर
जिल्लाको दक्षिणी भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिकामा त्रिमुर्ति प्रतिमाको उद्घाटन भएको छ । गाउँपालिकाले गाउँ गौरबको रुपमा अघि सारेर निर्माण गरेको त्रिमुर्ति (कोन्ज्योसोम) को आज बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । 

भारदेउको फुलबारी डाँडामा रहेको प्रतिमाको प्रांगणमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रम प्रचण्डले कोन्ज्योसोमको प्रतिमाले धार्मिक पर्यटन प्रवद्र्धनमा आकर्षक भूमिका खेल्ने बताएका छन् । त्यस्तै गाउँपालिका अध्यक्ष कृष्णमान लामाले तामाङ समुदायको बाहुल्यता रहेकोले कोन्ज्योसोम प्रतिमासँग घनिष्ट सम्बन्ध रहने भएकाले यहाँका भाषा, संस्कृति र इतिहासलाई धार्मिक पर्यटनमार्फत प्रवद्र्धन गर्नमा टेवा पुग्ने धारणा राखेका छन् । 

अध्यक्ष लामाले कोन्ज्योसोम प्रतिमाको मुनि दोस्रो हलेसीको रुपमा गुप्तेश्वर गुफा रहेको, शंखुको गुम्बा, दल्चोकीको मनकामना, चौघरेको गुम्बाडाँडा र नल्लु भारदेउको पनि तामाङ सँस्कृतिको सभ्यता बोकेको स्थानलाई पर्यटन मार्फत प्रवद्र्धनमा पालिकाले जोड दिँदै जाने बताए । 

कार्यक्रमलाई शोभा बढाउन स्थानीय झाकी प्रदर्शन, फापारी ह्वाई, तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका छन् ।