शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

कनकमणि दीक्षित दम्पतीलाई सर्वोच्चले दियो सफाइ

कनकमणि दीक्षित दम्पतीलाई सर्वोच्चले दियो सफाइ

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीका पालामा हिमाल मिडिया प्रालिका अध्यक्ष तथा साझा यातायातका समेत अध्यक्ष कनकमणि दीक्षितविरुद्ध अघि सारिएका मुद्दामा उनी र उनकी पत्नी शान्ता दीक्षितले सफाइ पाएका छन् ।


सर्वोच्च अदालतले कनकमणि दीक्षितलगायत परिवारका अन्य सदस्यविरूद्ध राजस्व र भूमि सुधार कार्यालयले अघि बढाएका काम कारवाही बदर गर्दै दीक्षितको पक्षमा रिट जारी गरेको हो । न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले माग दावी नपुग्ने भन्दै रिट जारी गरेको हो ।

उनीहरुले अख्तियारलाई समेत विपक्षी बनाएर रिट दर्ता गरेका थिए । २०७३ सालमा अख्तियारका प्रमुख आयुक्त कार्कीको निर्देशनमा राजस्व अनुसन्धान विभागले दीक्षित परिवारमाथि अनुसन्धान अघि बढाएको थियो। त्यसविरूद्ध दीक्षित सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

कार्कीकै निर्देशनमा भूमिसुधारले पनि कनकमणी र शान्ता दीक्षित परिवारको नाममा हदबन्दीभन्दा बढी रहेको ठहर गर्दै उनीहरुको नामको १८ रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको थियो ।