शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

गोदावरी निकासी करः नगरपालिकाका ९ सहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा, १ अर्ब बिगो माग

गोदावरी निकासी करः नगरपालिकाका ९ सहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा, १ अर्ब बिगो माग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित ९ जनागरी १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

सोमबार अख्तियारले विशेष अदालतमा ५ थान मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देविप्रसाद थपलियाले पुष्टि गरेका छन् । आयोगले एउटै शीर्षकमा पाँच वटा मुद्धा दर्ता गरेको हो । 

नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । 

नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, ४ जना प्रमुख प्रशासकीय अधिकृत, ३ जना राजश्व प्रमुख,  ३ जना ठेकेदार र ४ जना क्रसर संचालकविरुद्ध कम दररेट कायम गरी राजश्वमा क्षती पुर्‍याएको अख्तियारको दाबी छ ।  अख्तियारले कुल एक अर्बभन्दा बढी बिगो माग दाबी गरिएको छ ।