१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ
![१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/rape-city_U3rS6db310_rpqxppdclgirzvewvkvd6xxqizpix1ybcrjh961u6ydvwkdu28n2g6ckueon_XKYHcVoots_j4bfo1scnxllbk4rem7wy08dkoiei0ywpcurm9gg4zgogqope3zyn9rswtlt_5Yc4HlXCWI_t59pol6vfpr37b6zkxol08zgkkaq5wdxvh2vrndwmou0yjt3hcdi3dmk4zvu.png)
काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।
एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएपछि महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो ।
महानगरको टोलीले इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो । ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको छ ।
प्रतिक्रिया