मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई रूलिङ

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई रूलिङ

 

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा जानकारी गराउन सभामुखबाट रुलिङ माग गरेका थिए।

यस्तै, एमालेका सचिव योगेश भट्टराई तोप्लेजुङको पहिरोबारे जानकारी गराउँदै उद्धार र विस्थापित बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणलगायतको विषयमा कुरा राखेका थिए।