आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

बजेटमाथि ओलीको अर्काे असन्तुष्टिः एकदुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने ?

बजेटमाथि ओलीको अर्काे असन्तुष्टिः एकदुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटमाथि आज पनि असन्तुष्टि पोखेका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एकदुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै प्रश्न गरे ।

अध्यक्ष ओलीले भने, ‘एकदुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठीक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एकदुई जनाको मुख हेरेर, हामी सरकारमा छौं भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौं । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’

उनले एमालेले नेतृत्व गरेका मन्त्रालयको अवस्थाबारे पनि हेर्न आग्रह गरे । उनले थपे, ‘हामीले नै चलाइरहेको मन्त्रालयको स्थिति के छ, कस्तो छ विनियोजन ?त्यो पनि हेर्नुपर्ने हुन्छ । बाहिर बजारमा भन्दै हिँड्ने होइन ।’