मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

निर्मला पन्तको हत्याबारे गृहमन्त्रीले भने–नतिजाउन्मुख छौँ

निर्मला पन्तको हत्याबारे गृहमन्त्रीले भने–नतिजाउन्मुख छौँ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोध्नुभएको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए ।

उनले भने, ‘ निर्मला पन्तको हत्याराबारेको विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छौं । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’ 

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए । ‘ दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ । दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो । त्यो प्राथमिकतामा नै छ ।’ उनले भने । उनले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरु नभुलेको पनि बताए ।