मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्रीले गरे भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्रीले गरे भेट

 

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

२ दिनअघि नेपालको आएका सुनसहितको टोली केही बेरअघि शीतल निवास पुगेको थियो । भेटघाटमा नेपाल–चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । 

उक्त भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको बताएका छन् । चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुऱ्याउँदै आएको सहयोगका लागि उनले धन्यवाद दिएका छन् ।