मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

संक्रमणकालीन न्यायका बाँकी विषयमा सहमति जुटाउन छलफल

संक्रमणकालीन न्यायका बाँकी विषयमा सहमति जुटाउन छलफल

 

काठमाडौं । सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताबीचको छलफलमा मुख्यरुपमा टीआरसी विधेयक टुंगोमा पुर्याउन सबै जिम्मेवार बन्नुपर्ने विषयमा छलफल भएको छ ।

बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनमन्त्री पदम गिरीले जुन जुन बुँदामा सहमति भएको छैन तिनीहरुलाई निष्कर्षमा पुर्याउन अघि बढ्नेबारे नेताहरु एकमत भएको बताए ।

संक्रमणकालीन न्यायका विषयमा धेरै बुँदामा सहमति भइसकेको र तीन चार वटा बुँदामा मात्रै छलफल र सहमति हुन बाँकी रहेको र तिनै विषयमा के हो त दृष्टिकोण भन्नेबारे पनि केही छलफल भएको तर टुंगोमा पुग्न भने थप छलफल गरिने गिरीले बताए ।

दलहरुबीच सहमति गरेरै अगाडि बढ्ने भएकाले यो विषयहरु टुंग्याउनेबारे आशंक गर्नु नपर्ने गिरीले बताए ।