मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

चक्रपथमा सरकारी गाडी चल्न दिँदैनौंः प्रदीप पौडेल

चक्रपथमा सरकारी गाडी चल्न दिँदैनौंः प्रदीप पौडेल

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चक्रपथ बिस्तार चाँडो नभए सरकारी गाडी चल्न नदिने चेतावनी दिएका छन् । रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्राको सुरुवात गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् । पौडेलले यो दबाब दिनको लागि यात्रा रहेको बताए ।

‘यदि सरकारले गम्भीर रुपमा नलिएको खण्डमा हामी कलंकीदेखि ओम अस्पतालसम्मको कलंकी च्रकपथ १३ किलोमिटरसम्म सरकारी गाडीलाई चल्न नदिन पनि सक्छौं । त्यो अवस्था नआवस् ।’ उनले भने ।

उनले चिनियाँ राजदुतसँग कुरा गर्दा नेपालले गर्नुपर्ने काम नसकेकाले बाटो विस्तारमा ढिलाइ भइरहेको  जवाफ पाएको बताए ।

यो सडक नबनेको पाँच वर्ष भयो २ वर्षअघि कांग्रेस पनि सरकारमा थियो यो गल्ती कसको भनेर पत्रकारले प्रश्न गरेको थियो । उनले प्रश्नको जवाफ दिँदै उनले गल्ती सरकारको बताए । उनले भने,‘सरकारमा जोजो छ चाहे त्यो एमाले होस् माओवादीहोस् वा कांग्रेसको होस् गल्ती सरकारको हो ।

उनले दबाब यात्राआज बिहान ७ बजेदेखि कलंकीबाट सुरु गरेका हुन्। कंलकी(स्वयम्भु(ठूलोभञ्याङ९बसपार्क(बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका थिए ।