आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियारले सर्वोच्चमा दायर गर्‍यो रिट

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियारले सर्वोच्चमा दायर गर्‍यो रिट

काठमाडौं । 
नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

सर्वोच्च अदालतबाटै गुरुङको निलम्बन फुकुवाको आदेश भएपछि पुनरवलोकनका लागि अख्तियारले रिट दायर गरेको हो। सर्वोच्चको यसअघिको निलम्बन फुकुवाको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि अख्तियारले माग गरेको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न यसअघि न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आदेश गरेको थियो।

उक्त आदेश त्रुटिपूर्ण भन्दै अख्तियारले कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरेको छ।