शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार रहेका केसीले गरे आत्मसमर्पण

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार रहेका केसीले गरे आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका योजनाकारले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

आत्मसपर्मण गर्नेमा ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने राजेश केसी छन् । आत्मसर्मपण गरेका केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

केसीले खुकुरी प्रहार गर्दा मनोज बाँनिया घाइते भएका थिए । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ । बाँनियाले छेडामा बतासे कटेज बनाउँदै थिए । सोही क्रममा ७ असारमा उनीमाथि खुकुरी प्रहार भएको थियो  । जग्गाको विषयमा सामान्य विवादभएपछि हाल घाइते बानियाले केसीलाई घटना भएको ११ दिन अघि केसीकै घरमा पुगेर कुटपिट गरेका थिए ।