शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

अख्तियारले बयानमा बोलाएको रिस साँध्न महानगरप्रमुख चिरिबाबुले भत्काए अख्तियारकी आयुक्तको घरको पर्खाल (पत्रसहित)

अख्तियारले बयानमा बोलाएको रिस साँध्न महानगरप्रमुख चिरिबाबुले भत्काए अख्तियारकी आयुक्तको घरको पर्खाल (पत्रसहित)

ललितपुर । 
आज बुधबार विहानै ललितपुर महानगरपालिका–१० को चाकुपाटस्थित एक घरमा महानगरप्रमुख चिरिबाबु महर्जनसहितको दलबलमा डोजर चलाईयो । गुठीको जग्गा मिचेको भन्दै घरको पर्खाल भत्काउँदै मेयर महर्जनले वाहवाही नै पाए । 
त्यो घर थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अँटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ । तर कुरा त्यस्तो नभई मेयर महर्जनले मंगलबार मात्रै पाएको अख्तियारको पत्रका कारण भएको खुलेको छ । 

आयोगकी आयुक्त अमात्यले उक्त घर सार्वजनिक जग्गा मिचेर बनाएको नभई ३ वर्ष अघि नै तयारी घर किनेको खुलेको छ । एक स्थानीय पृथबिन्दु महर्जनका अनुसार ‘मेयर चिरिबाबु ज्युले ३ बर्ष अघि मात्र खरीद गरिएको आयुक्त को घरको पर्खाल भत्काएको छ। हाम्रो प्रस्न बिगत ३ बर्ष अघि नै घर बनाउने घर धनि हुँदा किन पर्खाल नभत्काएको ?
अख्तियारले बयानको लागि बोलाएको हुनाले मेयर महर्जनले त्यस्को रिस साँध्न डोजर चलाएको उनको आरोप छ । 
हामीले मेयर महर्जनलाई अख्तियारले बयानका लागि बोलाएको पत्र फेला पारेका छौँ । 

अख्तियारको पत्रमा, २०७७ सालमा आएको बाढी पहिरोबाट ’धापाखेल २४ मा बाढी–पीडितलाई रु १ लाख पचास हजार र दुई लाख पचास हजार नगरपालिकाको निर्णय विपरित नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको’ भन्ने व्यहोरा उल्लेख छ । पत्रमा असार २६ गते विहान १० बजे बोलावट भएको थियो ।