शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

एमाले मन्त्रीहरुले दिए राजीनामा

एमाले मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।

प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता गरेको भन्दै राजीनामा दिएको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।