आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायधीशको राय बाझिएको छ ।

न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो । दुई न्यायाधीशबीच मतान्तर भएपछि यो मुद्दाको छिनोफानो हुन सकेन ।

मुद्दा अब पूर्ण इजलासमा जानेछ । अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते लामिछानेविरुद्ध सहकारी ठगी गरेको आरोप लगाउँदै रिट दायर गरेका थिए ।

सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । तर, स्थगितमा परेपछि बिहीबार सुनुवाइले निरन्तरता पाइ फैसला जारी भएको हो ।