शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

सरकार ७६ (२) अनुसार नै बन्छ, भ्रम नछरौंः महेश बर्तौला

सरकार ७६ (२) अनुसार नै बन्छ, भ्रम नछरौंः महेश बर्तौला

 

काठमाडौं । नेकपा एमालेले कांग्रेस–एमालेसहितको राष्ट्रिय सरकार संवधिानको ७६ (२) अनुसार नै बन्ने प्रष्ट्याएको छ । 

संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्न कि भनेर अनेक भ्रम छर्न खोजिएको जिकिर गरे ।

सर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको प्रष्टोक्ति थियो ।

उनले भने, ‘कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर अघि बढ्ने भनिसकेपछि त्यही हो मुख्य आधार । गण्डकी कोशीमा पनि यही धाराबाट सरकार बनेको छ । संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिँदैछ । ७६ (३) बमोजिम भन्दै गर्दा कांग्रेस ठूलो दल छ भन्ने हिसाबले व्याख्या गर्न सकिन्छ । तर, कांग्रेस स्वयंले एमालेसँग समझदारी बनाइसकेको अवस्थामा सहमतिअनुसार नै कार्यान्वयन हुन्छ ।’