शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

सौर्य एयरको जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं । 
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा परेका शवहरू त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लान थालिएको छ। बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा १९ जना सवार थिए। जहाजका क्याप्टेन मनिष शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

बाँकी १८ जनाको मृत्यु भएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिएका छन्।

जिवितै उद्धार गरिएका क्याप्टेन शाक्यको आँखमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्।