शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

ललितपुरको प्रहरी चौकीमा लेदोसहितको बाढी पसेपछि...

ललितपुरको प्रहरी चौकीमा लेदोसहितको बाढी पसेपछि...

 

काठमाडौं
ललितपुरको प्रहरी चौकीमा लेदोसहितको बाढी पसेको छ। 

मध्यरातिदेखि परेको वर्षाले बागमती नगरपालिका–६ आश्राङमा रहेको लिकुनी खोलामा आएको बाढीले प्रहरी चौकी आश्राङमा लेदोसहितको बाढी पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

त्यहाँ पहिरो समेत जाँदा खोलामा लगाइएका ह्युम पाइप परिएको थियो। जसकारण खोलाको बाढी प्रहरी चौकी भवनमा पसेको हो। 

चौकीमा रहेका सबै सामानहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ। यद्यपि अहिले पानी भने सुकिसकेको छ।