मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान संसदीय सुनवाइ समितिबाट अस्वीकृत

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान संसदीय सुनवाइ समितिबाट अस्वीकृत

 

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको छ । प्रधान स्वयमले आफू सो पदका लागि इच्छुक नरहेको भन्दै निवेदन दिएका थिए ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए ।

प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जवराले जानकारी दिए ।

यसअघि समितिमा प्रधानबिरुद्ध निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो । संवैधानिक परिषद्ले असार ५ गते निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस गरि सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो ।