मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

कथित ज्योतिषी खतिवडालाई थुनामा राख्न अनुमति

कथित ज्योतिषी खतिवडालाई थुनामा राख्न अनुमति

काठमाडौं । कथित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।

काठमाडौं प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

चार दिनअघि नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।